Thu. Nov 28th, 2024

राजनीतिक चेतना छर्न शिक्षकको भूमिका महत्वपूर्णः मुख्यमन्त्री पाण्डे

धादिङ– शिक्षा क्षेत्रको विकाससँगै गाउँमा गाउँमा चेनता जगाउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेलालाई सम्बोधन गर्दै पाण्डेले शिक्षकहरुले टोलटोलमा राजनीति चेतना छर्न सक्ने बताएका हुन् । समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले शिक्षा आन्दोलनबाट नै मुलुकमा समृद्धि ल्याउने बताए ।

प्रगतिशील राष्ट्रिय शिक्षक संगठनको धादिङबेसीमा सम्पन्न भेलाले परशुराज दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीले धादिङको सिद्धलेक गाउँपालिकामा गाउँ कमिटिको घोषणा गरेको छ । इश्वर अर्यालको अध्यक्षतामा समाजवादी पार्टीको नयाँ कार्यसमिति घोषणा गरेको हो ।

नयाँ कार्यसमिति घोषणासँगै समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले पार्टी कार्यालयको पनि उद्घाटन गरेका छन् । सिद्धलेक गाउँ पार्टी कार्यालयको उद्घाटन गर्दै पाडेले आफ्ना कार्यकर्ताहरुलाई गाउँगाउँमा सक्रिय भएर विकासका काममा लाग्न सुझाव दिएका छन् ।

बागमती प्रदेश कमिटिका सदस्य खुनराज थापाको अध्यक्षतामा भएको गाउँ कमिटि घोष्णा कार्यक्रममा समाजवादी पार्टीका पोलिटव्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी, केन्द्रिय सदस्य मायादेवी शर्मालगायतका नेताहरुले शुभकामना दिएका थिए ।

About The Author

अन्य समाचारहरु: