
एजेन्सी –
भारतमा कोभिड – १९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ ।
राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढ युनियन टेरिटरी मा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मंगलबार दिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेका छन् । योसँगै भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् २० जना छन् । त्यस्तै, राजस्थानमा ९, दिल्लीमा ६, गुजरातमा ४ र कर्नाटकमा ३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । केरला, आन्ध्र प्रदेश र चन्डीगढका १–१ जनामा यो भेरियन्ट देखिएको छ ।