धादिङ– जाडो बढ्दै जाँदा वेनिघाट रोराङ गाउँपालिकाले गरिव परिवारका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
वेनिघाटमा ७४ वटा विध्यालय छन् । ‘अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम’ अन्तर्गत यो वर्ष पहिलो चरणमा २६ वटा बिद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका १५ सय ६ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
सिमान्तकृत चेपाङ र दलित समुदायका बिद्यार्थीलाई प्राथमिकतामा राखेर सुइटर, ट्राउजर र जुत्ता वितरण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराईले बताए । ग्रामीण भेगका गरिब परिवारका बिद्यार्थीलाई गाउँपालिकाको आन्तरिक स्रोतबाट वितरण गरिएको कार्यकारी अधिकृत भट्टराइले बताए ।
न्यानो कपडा वितरण अभियान अन्तर्गत विहिबार वडा नं. ६ र ९ का बिद्यालयका बिद्यार्थीलाई वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, कार्यकारी अधिकृत, वडा अध्यक्षहरु बिद्यालयमै पुगेर कपडा वितरण गरेका हुन् ।
वितरण गर्न बाँकी बिद्यालयमा केहिदिनमै वितरण गरिसक्ने गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए ।