काठमाडौं – बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए।
नेपाल व्यावसायिक बाख्रापालक महासंघको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यावसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए। ‘किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ,’ उनले भने, यसवर्ष बिनाधितो २ अर्ब ऋण दिने सरकारको नीति छ।’
महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउनुपर्ने बताए।
भेलाले टीकालाल तामाङका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिसमेत गठन गरेको छ।
समितिका उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दिपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रीमा लुइँटेल रहेका छन्।