Fri. Nov 29th, 2024

धादिङमा समाजवादी महिलाको हिंसा विरुद्धको अभियान

धादिङ– नेकपा एकिकृत समाजवादीमा आवद्ध महिला संगठन अखिल नेपाल महिला संघले महिला हिंसा विरुद्धको अभियान अन्तर्गत महिला हिंसा विरुद्धको अभियान र वर्तमान अवस्थाविषयक अन्तरकृया कार्यक्रम गरेको छ ।

जिल्लाका सबै पालिका र वडास्तरमा महिला संघमा आवद्ध महिलाहरुको सहभागितामा कार्यक्रम गरिएको अनेमसंघ समाजवादी धादिङका अध्यक्ष सीता ढुङ्गानाले जानकारी दिइन् । अध्यक्ष ढुङ्गानाले धादिङ जिल्लाको लैंगिक हिंसाको अवस्था बारे तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा अनेमसंघ केन्द्रीय सचिब रमा आलेले समाजवादी आन्दोलन सफल पार्न महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताइन् । अनेमसंघ महिला हिंसा विरुद्ध लागि परिरहेको र समाजमा अझै सशक्त र प्रभावकारी रुपमा अघि बढिसकेको बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एकिकृत समाजवादीका कार्यालय सचिव तथा स्कूल विभाग प्रमुख केशव प्रसाद दुवाडीले अनेमसंघको समाजवादी आन्दोलनमा भूमिका किन र कसरी भन्नेबारे प्रष्ट पारे । कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रीय सदस्य इन्दिरा ढुङ्गाना,पार्टी अनुशासन आयोग सदस्य कृष्ण अर्याल, अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य सबिता अर्याल, पार्टी जिल्ला सचिब सुवास खतिवडा लगायतले कार्यक्रमको शुभकामना दिएका थिए ।

About The Author

अन्य समाचारहरु: