Sun. Mar 16th, 2025

त्रिभुवन विमानस्थलमा उडान र अवतरण ठप्प, सातवटा जहाज आकासमै होल्ड

काठमाडौ– मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरले जानकारी दिए । हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप छ ।

About The Author

अन्य समाचारहरु: