Wed. Mar 12th, 2025

नापोलीको फराकिलो जित

काठमाडौ –

इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोलीले लाजियोलाई ४–० ले पराजित गरेको छ । यस जितपछि नापोलीले दोस्रो स्थानको एसी मिलानमाथि तीन अंकको अग्रतासमेत बनाएको छ ।

घरेलु मैदानमा नापोलीका लागि ड्राई मर्टेन्सले दुई तथा पिटर जेलिन्स्की र फाबियनले एकरएक गोल गरे ।

जितपछि नापोलीले १४ खेलबाट ३५ अंक जोडेको छ । समान खेलबाट ३२ अंकसहित मिलान दोस्रो स्थानमा छ । लाजियो १४ खेलबाट २१ अंकसहित आठौं स्थानमा छ ।

About The Author

अन्य समाचारहरु: