Fri. Nov 29th, 2024

यस्तो छ रामनाथ अधिकारीको राजनीतिक जीवनयात्रा (भिडियो सहित)

रामनाथ अधिकारीको जन्म धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ७ सुनौलाबजारमा भएको हो । तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन् । पन्चायति व्यवस्थाको बिरुद्ध आन्दोलनमा लागेका उनी २०४६ साल भन्दा अघि जेल तथा पटक पटक हिरासतमा समेत परेका थिए । हुँदा खाँदाको सरकारी जागिर नै छोडेर उनी राजनीतिमा होमिएका थिए ।

देशमा प्रजातन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चुनिन सफल भए । त्यससंगै जिल्ला र केन्द्रमा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५३ सालमा नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका उनी दामन पाख्रिनसंग १४ भोटले पराजित भएका थिए । त्यस बेला अधिकारीले ७९ मत पाएका थिए पाख्रिनले ९३ मत पाएका थिए । जिल्ला सभापतिमा निर्वाचित भएको १ वर्षमै २०५४ कार्तिक २६ गते पाख्रिनको निधन भएपछि काँग्रेस धादिङ नेतृत्व बिहिन बन्न पुग्यो । संसदिय चुनाव नजिकिदै गर्दा धादिङ काँग्रेस नेतृत्वविहिन भए पछि केन्द्रिय समितिले २०५५ साल बैशाखमा केन्द्रिय सदस्य दिल बहादुर घर्तीलाइ प्रतिनिधि पठाएर सर्वसहमतिमा धादिङको नेतृत्व गर्ने जिम्मा अधिकारीले पाए ।

त्यो संगै नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै बाकी अवधिको लागि सभापतिमा चुनिए । २०५६ मा भएको आम निर्वाचनमा पार्टी सभापतिको भुमिका निर्वाह गरिरहेका उनले धादिङमा २ नम्वर क्षेत्रबाट सांसदको टिकट पाए । तत्कालिन अवस्थामा धादिङमा ३ वटा निर्वाचन क्षेत्र थियो । उनी सो बेला दुई पटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउदै सांसद बन्न सफल भए । २०५७ सालमा भएको पार्टीको दशौँ महाधिवेशनमा उनी फेरी जिल्ला सभापतिको लागि प्रत्यासी रहे । त्यस बेला सभापति पदका अर्का उम्मेदवार शिवराज अधिकारीलाई १८ मतले पराजित गर्दै दोस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भए ।

२०५९ सालमा नेपाली कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्यो । फुटकैबीचमा २०६२ मा कांग्रेसको एघारौँ अधिवेशन भएको भयो । त्यस बेलापनि उनी सभापतिको प्रत्यासी रहे र अन्य २ जना प्रत्यासी बासु तिमल्सिना र रमेश धमलालाई पराजित गर्दै तेस्रो पटक पार्टीको जिल्ला सभापति बन्न सफल भए । माओवादी शान्ति प्रकृयामा आईसकेपछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा धादिङ–२ मा टिकट पाए पनि उनी विजयी हुन भने सकेनन् । यसैबिचमा कांग्रेस एकिकृत भईसके पछाडि २०६७ सालमा भएको बाह्रौँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै उनी चौथो पटक जिल्ला सभापति बन्न सफल भए । त्यस बेला बासु तिमल्सिना १४ मतले उनीसंग पराजित भएका थिए । २०७० सालमा सम्पन्न भएको दोस्रो संबिधानसभा निर्वाचनमा धादिङ २ बाट उम्मेदवार रहे पनि उनी थोरै मतान्तरले पराजित हुन पुगेका थिए ।

२०७२ सालमा सम्पन्न काँग्रेसको तेहौँ जिल्ला अधिवेशनमा उनकै समुहबाट रमेश धमला जिल्ला सभापति बन्न सफल भएका थिए । उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउने क्षमता भएका नेताको रुपमा पनि परिचित छन् । २०७२ सालको भुकम्पमा तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि धादिङमा बेलाबेलामा चर्चा हुने गरेको छ । विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचार, कोरोना महामारीको समयमा बिरामीले बेड नपाएर छट्पटाई रहनु परेको अवस्थामा पनि उनले त्यसको व्यवस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए । अधिकारीलाई धादिङका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ ।नाथ अधिकारीको राजनीतिक जीवनयात्रा रामनाथ अधिकारीको जन्म धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ७ सुनौलाबजारमा भएको हो । तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन् । पन्चायति व्यवस्थाको बिरुद्ध आन्दोलनमा लागेका उनी २०४६ साल भन्दा अघि जेल तथा पटक पटक हिरासतमा समेत परेका थिए । हुँदा खाँदाको सरकारी जागिर नै छोडेर उनी राजनीतिमा होमिएका थिए । देशमा प्रजातन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चुनिन सफल भए ।

त्यससंगै जिल्ला र केन्द्रमा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५३ सालमा नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका उनी दामन पाख्रिनसंग १४ भोटले पराजित भएका थिए । त्यस बेला अधिकारीले ७९ मत पाएका थिए पाख्रिनले ९३ मत पाएका थिए । जिल्ला सभापतिमा निर्वाचित भएको १ वर्षमै २०५४ कार्तिक २६ गते पाख्रिनको निधन भएपछि काँग्रेस धादिङ नेतृत्व बिहिन बन्न पुग्यो । संसदिय चुनाव नजिकिदै गर्दा धादिङ काँग्रेस नेतृत्वविहिन भए पछि केन्द्रिय समितिले २०५५ साल बैशाखमा केन्द्रिय सदस्य दिल बहादुर घर्तीलाइ प्रतिनिधि पठाएर सर्वसहमतिमा धादिङको नेतृत्व गर्ने जिम्मा अधिकारीले पाए । त्यो संगै नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै बाकी अवधिको लागि सभापतिमा चुनिए । २०५६ मा भएको आम निर्वाचनमा पार्टी सभापतिको भुमिका निर्वाह गरिरहेका उनले धादिङमा २ नम्वर क्षेत्रबाट सांसदको टिकट पाए । तत्कालिन अवस्थामा धादिङमा ३ वटा निर्वाचन क्षेत्र थियो । उनी सो बेला दुई पटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउदै सांसद बन्न सफल भए ।

२०५७ सालमा भएको पार्टीको दशौँ महाधिवेशनमा उनी फेरी जिल्ला सभापतिको लागि प्रत्यासी रहे । त्यस बेला सभापति पदका अर्का उम्मेदवार शिवराज अधिकारीलाई १८ मतले पराजित गर्दै दोस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भए । २०५९ सालमा नेपाली कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्यो । फुटकैबीचमा २०६२ मा कांग्रेसको एघारौँ अधिवेशन भएको भयो । त्यस बेलापनि उनी सभापतिको प्रत्यासी रहे र अन्य २ जना प्रत्यासी बासु तिमल्सिना र रमेश धमलालाई पराजित गर्दै तेस्रो पटक पार्टीको जिल्ला सभापति बन्न सफल भए । माओवादी शान्ति प्रकृयामा आईसकेपछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा धादिङ–२ मा टिकट पाए पनि उनी विजयी हुन भने सकेनन् । यसैबिचमा कांग्रेस एकिकृत भईसके पछाडि २०६७ सालमा भएको बाह्रौँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै उनी चौथो पटक जिल्ला सभापति बन्न सफल भए । त्यस बेला बासु तिमल्सिना १४ मतले उनीसंग पराजित भएका थिए ।

२०७० सालमा सम्पन्न भएको दोस्रो संबिधानसभा निर्वाचनमा धादिङ २ बाट उम्मेदवार रहे पनि उनी थोरै मतान्तरले पराजित हुन पुगेका थिए । २०७२ सालमा सम्पन्न काँग्रेसको तेहौँ जिल्ला अधिवेशनमा उनकै समुहबाट रमेश धमला जिल्ला सभापति बन्न सफल भएका थिए । उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउने क्षमता भएका नेताको रुपमा पनि परिचित छन् । २०७२ सालको भुकम्पमा तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि धादिङमा बेलाबेलामा चर्चा हुने गरेको छ । विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचार, कोरोना महामारीको समयमा बिरामीले बेड नपाएर छट्पटाई रहनु परेको अवस्थामा पनि उनले त्यसको व्यवस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए । अधिकारीलाई धादिङका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ ।

About The Author

अन्य समाचारहरु: