
शंकर श्रेष्ठ
धादिङ– नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको आज मतदान हुँदैछ । सभापतिका लागि देउवा पक्षका भीमप्रसाद ढुंगाना र पौडेल पक्षका रामनाथ अधिकारी चुनावी मैदानमा छन् ।
ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीकाे साथ छ । अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, जिल्ला उपसभापति भक्त लामाको दरिलो साथ छ ।
जिल्लामा रहेको २ क्षेत्र र ४ प्रदेश मध्य २ वटै क्षेत्र र ३ वटा प्रदेशको सभापति अधिकारीको प्यानलले जितेपछि जिल्लामा ढुंगाना प्यानल कमजोर ठहरिएको बुझिन्छ । क्षेत्र र प्रदेशको नतिजालाई विश्लेशण गर्ने हो भने जिल्ला सभापतिमा अधिकारीसँगको लडाई ढुंगानालाई फलामको चिउरा बन्ने देखिएको छ । धादिङमा २१९७ प्रतिनिधि (मतदाता) छन् ।