Fri. Nov 29th, 2024

धादिङ १ को दुबै निर्वाचन क्षेत्रमा रामनाथको प्यानल विजयी, धादिङ २ मा आज मतदान

धादिङ– नेपाली कांग्रेस धादिङको क्षेत्रिय अधिवेशन अन्तरगत क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारीको प्यानल विजयी भएको छ ।

सोमबार भएको मतदानबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’मा रामनाथ पक्षका उम्मेदवार राजकुमार कुंवर र ‘ख’मा विष्णु प्रसाद रुपाखेती सभापतिमा निर्वाचित भएका छन् ।

कुंवरले २३० मत ल्याई सभापतिमा विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी श्याम रेग्मीले २१९ मत ल्याएका थिए । यस्तै रुपाखेतीले २६७ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् भने उनको प्रतिद्वन्दी रामहरि कडेलले १५५ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने भएको छ ।

धादिङ २ मा आज मतदान
धादिङ क्षेत्र नम्बर २ को दुबै प्रदेशको निर्वाचन कांग्रेसले आज हुँदैछ ।

भीम प्रसाद ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रवि सुधन थापा, क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइराला सभापति सहित प्यानल उम्मेदवारी दर्ता गराएको छ । क्षेत्र नं. २ ‘क’ मा ऋषिकुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङसहितको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ ।

अधिकारी समूहले नम्बर १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला, क्षेत्र नं. २ ‘क’ मा होम बहादुर गुरुङ ‘ख’ हरि तामाङसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

About The Author

अन्य समाचारहरु: