Fri. Nov 29th, 2024

एमाले महाधिवेशनका लागि धादिङबाट २२ जना प्रतिनिधि चयन

धादिङ : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि धादिङ जिल्लाबाट २२ जना प्रतिनिधि छनोट भएका छन् । महाधिवेशन प्रतिनिधि बन्नका लागि ९१ जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये खुल्ला तर्फ १४ जना, महिला ६ जना र दलित २ जना गरी २२ जना प्रतिनीधि छनोट भएका हुन्।

मंसिर १० गते चितवनमा हुने दशौं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनोट गरिएको हो ।

धादिङ
निर्वाचन क्षेत्र नं.१ बाट खुल्ला तर्फ 
१. भुमि त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
२. देब प्रसाद त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
३. नरेश खतिवडा, गल्छी गाउँपालिका
४. दिपक खतिवडा,गजुरी गाउँपालिका
५. लक्ष्मण खतिवडा,सिद्धलेक गाउँपालिका
६. रामकुमार आचार्य,थाक्रे गाउँपालिका
७. देबराज लुईटेल,धुनिवेशी नगरपालिका

 महिला तर्फबाट 
१. उर्मिला रेग्मी,थाक्रे गाउँपालिका
२. कमला शर्मा, सिद्धलेक गाउँपालिका 
३. राधा तिमल्सिना, गल्छी गाउँपालिका

दलित तर्फबाट 
१. रामचन्द्र मिजार, गजुरी गाउँपालिका

धादिङ निर्वाचन क्षेत्र नं. २ बाट खुल्ला तर्फ
१. अर्जुन कुमार श्रेष्ठ,निलकण्ठ नगरपालिका 
२. रामप्रसाद अधिकारी,ज्वालामुखी गाउँपालिका
३. धनबहादुर घले,गंगा जमुना गाउँपालिका
४. पदमकुमार श्रेष्ठ,त्रिपुरा सुन्दरी गाउँपालिका
५. मंग तामाङ,खनियाबास गाउँपालिका
६. प्रेम तामाङ,रुविभ्याली गाउँपालिका
७. सुवर्ण रिमाल,नेत्रावती डबजोङ गाउँपालिका

महिला तर्फबाट 
१. जानुका सिंखडा,ज्वालामुखी गाउँपालिका
२. राधिका सापकोटा,निलकण्ठ नगरपालिका 
३. शान्ता पाण्डे,त्रिपुरा सुन्दरी गाउँपालिका

दलित तर्फ बाट 
१० बेगबहादुर सुनार, निलकण्ठ नगरपालिका

About The Author

अन्य समाचारहरु: