Sun. Mar 16th, 2025

चीनले दियो थप १६ लाख डोज खोप

काठमाडौ –

चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई १६ लाख डोज खोप उपलब्ध गराएकी हुन्।

स्वास्थ्य मन्त्रालयमा बुधबार राजदूत यान्छीले मन्त्री खतिवडालाई सो खोप उपलब्ध गराएकी हुन्।

सो अवसरमा राजदूत यान्छीले कारोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताएकी छिन्।

यसअघि चीनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो।

About The Author

अन्य समाचारहरु: