Wed. Mar 12th, 2025

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको गोलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको हो ।

युनाइटेडका लागि ३९ औँ मिनेटमा रोनाल्डो, ६४ औँ मिनेटमा एडिन्सन काभानी तथा ८६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् ।

गएको हप्ता लिरभपुलसँग ५–० ले पराजित भएको युनाइटेड पुनः जितको लयमा फर्किएको हो । जितपछि १० खेलबाट १७ अंकसहित युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

शनिबार राति भएका अरु खेलमा आर्सनलले लेस्टर सिटीलाई २–०, बर्नलीले ब्रेन्टफोर्डलाई ३–१, क्रिष्टल प्यालेसले म्यानेचस्टर सिटीलाई २–०, चेल्सीले न्यूक्यासललाई ३–० तथा साउथह्याम्पटनले वाट्फोर्डलाई १–० ले पराजित गरेका छन् । लिभरपुलले ब्राइटनसँग २–२ को बराबरी खेलेको छ ।

About The Author

अन्य समाचारहरु: