Fri. Nov 29th, 2024

उत्तरी धादिङको किन्ताङफेदीमा नेपाली सेनाको स्वास्थ्य शिविर

धादिङ– नेपाली सेनाले उत्तरी धादिङको किन्ताङफेदीमा बृहत स्वास्थ्य शिविर गरेको छ । श्री नं. ६ बाहिनी अड्डा गजुरीले विभिन्न सस्थाहरुसँगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरेको हो ।

दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य सस्थासम्म जान नसक्ने अवस्थाका विरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नेपाली सेनाका जर्नेल रविन केसीले बताए । बृद्ध, अपाङ्ग, बालबालिकासहित सबै उमेर समूहका नागरिकको स्वास्थ्य परिक्षण गरिएको जर्नेल केसीले बताए ।

शिविरमा दात, आँखा, मुटुरोग रोग, स्त्रीरोग, बालरोग विशेसज्ञ चिकित्सकहरुले विरामीको जाँच गरेका छन् । सबै खालका विरामीलाई निःशुल्क औषधी पनि उपलब्ध गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा धादिङ अस्पतालसहित विभिन्न स्वास्थ्य सस्था र आसपासका गाउँपालिकाहरुको सहयोगमा नेत्रावती–१, किन्ताङफेदीमा भएको शिविरको शिवदल गण गजुरीले व्यवस्थापन गरेको हो ।

About The Author

अन्य समाचारहरु: