
धादिङ– धादिङ जिल्ला क्रिकेट संघद्वारा आयोजित धादिङ जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको कारु मेमोरियल ट्रस्टले हाम्रो जनहित युवा समाजमाथि ३१ रनको जित हात पारेको छ।
विशालटारको खेल मैदानमा भएको खेलमा कारु मेमोरियल ट्रष्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन जोडेको थियो ।
ओपनिङ ब्याटर आशिष मियाले ३४ बलमा ४ चौका र २ छक्काको मद्दतले ४४ रन जोडे भने सचिन श्रेष्ठले १० रन जोडेका थिए । हाम्रो जनहित युवा समाजको बलिङ तर्फ रबिन त्रिपाठीले ४ ओभरमा १९ रन खर्चिदै २ विकेट हात पारे भने किशोर त्रिपाठीले ४ ओभरमा २५ रन दिँदै ३ विकेट लिएका थिए ।
१२२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा हाम्रो जनहित युवा समाजले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९० रन जोड्यो ।
कारु मेमोरियल ट्रस्टबाट कौशल रूपाखेतीले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चिएर ४ विकेट हात पारे । साथै अमृत लम्सालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए ।
खेलको उद्घाटनमा प्रमुख अथिती गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी ( हरी)द्वारा बलिङ गरेर तथा उपाध्यक्ष देवी सिलवालले ब्याटिङ गरेर खेलको औपचारिक सुरुवात गरेका थिए ।

दोस्रो खेल
उज्वलको अलराउण्डर प्रदर्शनमा गजुरी सामुदायिक विकास समाजले रच्यो विशाल जित
धादिङ क्रिकेट संघको आयोजनामा जारी धादिङ जिल्ला टी–२० क्रिकेट प्रतियोगिताको समुह ए को दोस्रो खेलमा गजुरी सामुदायिक विकास समाजले धादिङ समाज धादिङ बिरुद्ध ६२ रनको विशाल जीत हात पारेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाएको गजुरी सामुदायिक विकास समाजले निर्धारित २० ओभरमा १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
टोलीका लागि ओपनर ब्याटर सुजित खतिवडाले २२ बलमा २३ तथा अर्का ओपनर सानु घलेले २३ बलमा २२ रन जोडे। साथै माथिलो क्रमका ब्याटर उज्वल थापाले आक्रामक पारी खेल्दै टोलीलाई बिशाल लक्ष्य तर्फ डोहोयाए । उज्वलले ३८ बल खेल्दै ६ चौका र ९ छक्काको मद्दतमा ९१ रनको आजीबित पारी खेले ।
धादिङ समाज धादिङको बलिङ तर्फ अनिल तामाङले ४ ओभरमा ४३ रन खर्चिएर २ विकेट हात पारे भने सुजित श्रेष्ठ र सुमित श्रेष्ठले सम्मान १÷१ विकेट हात पारे।
१९३ रनको विशाल लक्ष्य हालिस गर्न मैदान उत्रिएको धादिङ समाज धादिङले निर्धारित २० ओभरमा १२९ मात्रै रन जोड्यो । टोलीका लागि सुजित श्रेष्ठले २५ बलमा १५ रन जोडे भने सागर पाण्डेले १२ बलमा १९ रन जोडे ।
गजुरी सामुदायिक विकास समाजको बलिङ तर्फ उज्वल थापाले ३ ओभरमा १८ रन दिँदै ३ विकेट हात पारे भने सन्देश सापकोटाले ४ ओभरमा २९ रन दिँदै ३ विकेट लिए । यस्तै प्रदीप गिरीले १ साथै सानु घलेले २ विकेट लिए।
अलराउण्ड प्रदर्शन गरेका उज्वल थापा खेलको म्यान अफ द म्याच घोषित भए।
