Thu. Nov 28th, 2024

दैनिक एक हजार श्रमिक विदेसिँदै

धादिङ –

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।

विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वीकृति दिन्छन् । वैदेशिक रोजगार कार्यालय, ताहाचलले नयाँ श्रम स्वीकृति दिन्छ ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार दसैँपछि दैनिक ८०० जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदै आएका छन् । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, लिगलाइजेसन स्टडी भिसामा गएका नेपालीले वर्क परमिट पाएपछि कामदार भिसा लिने प्रक्रिया र विदेशमा भएका आफन्त वा साथीले पठाउने भिसा समेत गरेर ८०० को हाराहारीमा श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

यसमध्ये दैनिक करिब ६०० जनाले कार्यालयमा भौतिक उपस्थिति भएरै स्वीकृति लिइरहेका भने २०० जनाले अनलाइनमार्फत स्वीकृति लिने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: