Fri. Nov 29th, 2024

प्रकाशमान सिंहले भने– ‘देउवा र पौडेलपछिको सिनियर मै हुँ’

धादिङ– नेपाली कांग्रेसका नेता प्रकासमान सिंहले आगामी महाधिवेशनमा सर्वसम्मत आफ्नो उम्मेदवारी रहने बताएका छन् । सहतमा देखिएको गुटको राजनीति तोडेर सभापतिको उम्मेदवारी दिइने उनले बताएका हुन् ।

आफुलाई साझा उम्मेदवार नबनाए चुनावमा उत्रिन पनि पछि नपर्ने सिंहले बताए । ‘सेरबहादुर र रामचन्द्रपछि पार्टीमा सिनियर मै हुँ, म संग अनुभव छ’ सिंहले भने– ‘पार्टीलाई सस्थागत गराउन पनि कांग्रेसले मलाई अवसर दिनुपर्छ ।’ आगामी महाधिवेशनमा सम्मान गर्नुपर्नेलाई सम्मान गर्दै काम नगर्ने नेतालाई पाखा लगाउनुपर्ने उनले तर्क गरे ।

१४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे दुबै गुटका नेतासँग छलफल भइसकेको पनि उनले संकेत गरे । ‘रामचन्द्र दाई र सेरबहादुर दाई दुबैजनालाई मैले व्यक्तिगत रुपमा भेटेर तपाइहरु पार्टीको गार्जियन भएर बस्नुस् भनिसकेको छु’ उनले भने ।

कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधनपछि अधिकारीलाई समवेदना दिन धादिङ आइपुगेको सिंहले हालसम्म नेतृत्वको कमजोरीकै कारण कांग्रेस कमजोर बनेको जिकिर गरे । निर्वाचनको बेला मात्रै जुर्मुराएर पार्टी सुदृढ नहुने भन्दै सिंहले यो महाधिवेशनमा अनुभवी र खारिएको नेतालाई उम्मेदवार बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘सामाजिक संजालमा भाइरल हुँदैमा पार्टी नेतृत्व गर्न सक्दैन’ उनले भने– ‘पार्टीलाई मजबुत बनाउन यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिरहेको छु ।’

About The Author

अन्य समाचारहरु: