
धादिङ : धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी निर्वाचित भएका छन् । धादिङ जिल्लाबाट अष्ट्रेलिया गएर बिभिन्न पेशामा संलग्न हुँदै आइरहेका धादिङवासीहरु बीचको साझा संस्था धादिङ समाज अष्ट्रेलियाको जुम मार्फत भएको तेस्रो अधिवेशन तथा बार्षिक साधारण सभाले केसी अध्यक्ष रहने गरि आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्ष यज्ञ अधिकारी, महासचिब हरि अधिकारी, सचिब पुरुषोतम अधिकारी, कोषाध्यक्ष सनिता त्रिपाठी, प्रबक्ता बिनोद उप्रेती, वुमन कोअर्डिनेटर गीता लम्साल ओझा, युवा संयोजक रबिन्सन अधिकारी, सदस्यहरूमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी (तस्मेनिया) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति स्मिखडा (भिक्टोरिया), अनुप जंग बानिया (एनएसडब्लु), बिदुर अधिकारी (एनएसडब्लु) चयन भएका छन् ।
यसै गरि साधारण सभाले बिभिन्न स्टेटका लागि स्टेट संयोजक पनि चयन गरेको छ । जसमा एनएसडब्लु संयोजक शम्भु भण्डारी, एसीटि संयोजक राम चन्द्र उप्रेती, तस्मेनिया संयोजक उत्तम अधिकारी, भिक्टोरिया संयोजक बिनोद पौडेल, नर्दन टेइरिटोरि संयोजक नबिन भण्डारी, साउथ अष्ट्रेलिया संयोजक जीवन भण्डारी, पर्थ संयोजक दया राम थापा मगर र कुइन्सल्याण्ड संयोजक शम्भु सिम्खडा छन् ।
संस्थाले पब्लिक अफिसरको जिम्मेवारी पछि चयन गरिने जनाएको छ। यसै गरि संस्थाको सल्लाहकारमा संस्थाका संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सबिन थपलिया विधानतस् चयन भएका छन् भने अन्य सल्लाहाकार संस्थाले पछि चयन गर्ने पनि गर्ने जनाइएको छ।