१२ असार, काठमाडौं – एचआइभी संक्रमित महिलालाई सकेसम्म सन्तान नजन्माउन चिकित्सक सल्लाह दिन्छन् । तर, चिकित्सकको सल्लाह वेवास्ता गर्दै एचआइभी संक्रमित एक सय ७६ जना महिला यो वर्ष गर्भवती भएका छन् ।
आफू संक्रमित भए पनि एचआइभी संक्रमित गर्भवतीले आफ्ना सन्तान भने सुरक्षित रुपमा जन्माउन विशेष सावधानीसमेत अपनाएको छ ।
संक्रमित गर्भवतीले एन्टि रेट्रोभाइरल औषधि नियमित सेवन गरे शिशुलाई संक्रमण हुने सम्भावना कम हुने आशामा औषधी र थेरापी लिइरहेका छन् । संक्रमित गर्भवतीबाट जन्मने २० देखि ४५ प्रतिशत बच्चा जन्मँदै एचआइभी संक्रमित हुनसक्ने चिकित्सकहरुको भनाई छ । नयाँ पत्रिकाबाट