Thu. Nov 28th, 2024

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौ– न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ। 

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। 

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

About The Author

अन्य समाचारहरु: