
एजेन्सी –
भिसालगायत समस्यका कारण अफगानिस्तानमा अलपत्र परेका ३४ जना नेपालीको उद्धारमा कठिनाइ भएको छ । तीमध्ये अधिकांशको भिसाको म्याद सकिएकाले फिर्ता आउन पाउने नपाउनेबारे टुंगो नलागेको हो ।
त्यस्तै, तालिवान सरकारले पनि उनीहरूलाई सहज रूपमा स्वदेश फर्कन दिने निश्चित छैन । जसका कारण उनीहरूलाई बोकेर आउने विमानको रुट अझै तय नभएको हो ।
यसअघि, भारतको दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीहरू गत शनिबार नै काठमाडौं फर्कने जनाएको थियो । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले उनीहरूको उद्धारका लागि पहल भइरहेको जनाएका छन् ।
तर ३४ जनामध्ये ३ जनाको मात्रै भिसा भ्यालिड पाइएको छ । जसका कारण उद्धारमा थप जटिलता थपिएको छ,’ उनल भने, ‘उनीहरूलाई त्यहाँबाट निकाल्ने क्रममा के–कस्तो झन्झट सामना गर्नुपर्ने हो थाहा छैन ।’
दूतावासले उनीहरूलाई सुरक्षा क्षेत्रमा जनशक्ति आपूर्ति कम्पनी आईडीजीमार्फत उद्धारको पहल गरिरहेका छ ।
दूतावासले आईडीजीमार्फत सरकारी निकायसँग कुराकानी गर्ने प्रयत्न गरिरहेको छ । दिल्लीस्थित अफगानी दूतावासको पनि तालिवानसँग सम्पर्कविच्छेदकै अवस्थामा रहेकाले पनि समन्वयमा समस्या भइरहेको दूतावासका अधिकारीहरू बताउँछन् ।