Sun. Mar 16th, 2025

८५ नेपाली जर्मनीको विमानस्थलमा अलपत्र

एजेन्सी –

अमेरिका जान नेपालबाट हिँडेका ८५ नेपाली जर्मनीको फ्र्याङफर्ट विमानस्थलमा अलपत्र परेका छन्। नेपालबाट दुबई – मस्को – जर्मनी हुँदै मेक्सिकोको बाटोबाट अमेरिका जान हिँडेका उनीहरु आफूसँग भएका कागजात नक्कली भएका कारण जर्मनीमै रोकिएका हुन्।

फ्र्याङफर्ट विमानस्थलको सुरक्षामा कार्यरत एक नेपालीकाअनुसार ८५ जनामध्ये ३५ जनालाई जर्मनीबाट जान दिइएको छैन भने बाँकी मेक्सिकोबाट फर्किएका हुन्। तीमध्ये अनुसन्धानका लागि १८ जनालाई प्रहरीले लगेको उनी बताउँछन्।

‘मैले अघिल्लो हप्ता अनुवादक भएर कुरा गर्दा ८५ जना थिए,’ उनले नेपाल लाइभसँग भने, ‘तीमध्ये ३५ जना जर्मनीमै रोकिएका हुन्, बाँकी मेक्सिकोबाट फर्किएका हुन्। उनीहरु जर्मनीबाट मेक्सिको हुँदै अमेरिका जानलाई हिँडेका रहेछन्।

विमानस्थलमा ‍अलपत्र परेकाहरुमध्ये धेरै रोल्पा, रुकुम, दाङ, म्याग्दीसहित पश्चिम नेपालका रहेको उनी बताउँछन्। तीमध्ये ३ जना महिला रहेको उनले बताए। हाल उनीहरु विमानस्थलको ट्रान्जिटमा रहेको उनले बताए।

‘मेक्सिकोबाट अमेरिका जानका लागि नेपालमा दलाललाई ४० लाख दिएर आएकाहरु छन्,’ उनी भन्छन्, ‘यहाँ प्रहरीले केहीलाई अनुसन्धानका लागि सोधपुछ गरेको छ भने केही ट्रान्जिटमा छन्।

विमानस्थलमा अलपत्र परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा रहेको छ। उनीहरुलाई नेपालबाट दुबई हुँदै पाकिस्तानी दलालले त्यहाँसम्म पुर्‍याएको प्रारम्भिक कुराकानीमा खुलेको उनले बताए।

About The Author

अन्य समाचारहरु: