धादिङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट देशभर कोरोनाविरुद्धको भेरेसिल खोपको पहिलो मात्रा लगाउने भनेपनि धादिङमा केही दिन ढिलो हुने भएको छ ।
जिल्लामा खो नआइसकेकोले धादिङमा केही दिन ढिलो हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ‘मन्त्रालयले आजैदेखि खोप लगाउने निर्णय गरेको छ तर, जिल्लामा खोप आइपुगिसकेको छैन । जिल्लामा खोप आइपुग्ने वित्तिकै हामी खोप कार्यक्रम गर्नेछौ.’ स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौलेलले भने,‘काठमाडौमा आजैदेखि लगाएपनि हामी २÷३ दिनभित्र खोप ल्याएर लगाउन सुरु गर्छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ ।
धादिङमा हालसम्म ८० हजारले पहिलो मात्रा लगाएका छन् भने ६६ हजारले पूर्ण खोप पाइसकेका छन् । यो पटक ४५ वर्ष माथीका २० हजारलाई भेरोसिलको पहिलो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।