Sun. Mar 16th, 2025

चीनबाट ४४ लाख मात्राको खोप आइपुग्यो

काठमाडौ

शुक्रबार दिउँसो चीनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा। सागर दाहालले खोप आइपुगेको कान्तिुरलाई बताए । उनले १० वटा हिमाली जिल्लाको १८ वर्ष माथिका सबैलाई लगाइने बताए ।उनले भने, ‘त्यहाँ पटकपटक खोप लैजान गाह्रो हुन्छ । जाडो मौसम आयो । जनसंख्या पनि कम छ । त्यसैले सबैलाई लगाउने रणनीति छ ।

उनले उपत्यकाको ७ वटा जिल्लामा ४० वर्ष माथिका लागि लगाउने, ५५ वटा जिल्लामा ४५ वर्ष माथि र अन्य दुई जिल्लामा ३५ वर्ष माथिकालाई खोप लगाउने लगाउने बताए ।

साथै मनाङ, मुस्ताङ र पूर्वी रुकुममा चाहिँ फुल कभर गर भनेर भनेर निर्देशन दिएका छौँु, उनले भने । विभिन्न उमेर समूहका कोही खोप लगाउनबाट छुटेका छन् उनीहरुलाई पनि खोप लगाइने उनले बताए ।

हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपालमा आइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक हेर्दा देशभरि ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

About The Author

अन्य समाचारहरु: