Fri. Nov 29th, 2024

वाग्मतीका प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालद्धारा राजीनामा

काठमाडौ –

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा एस पार्टी रोज्दै सनाखत गरेका थिए ।

उनले भने मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।

खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए । खनाल नेकपा एसका केन्द्रीय सदस्यसमेत हुन् ।

About The Author

अन्य समाचारहरु: