धादिङ –
आज प्रदेश(१, प्रदेश(२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
आज राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । अबको केही दिन प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनीसँगै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा पनि धेरै वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिए ।