Thu. Nov 28th, 2024

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौ –

सुनको भाउ फेरि ओरालो लागेको छ । भदौ ९ गते, बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढोत्तरी भएर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

About The Author

अन्य समाचारहरु: