
काठमाडौं- जारी फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन(पीएसजी) ले तेस्रो जित निकालेको छ।
शुक्रबार राति भएको ब्रिष्टविरुद्धको खेलमा पीएसजी ४-२ गोल अन्तरले बिजयी भएको छ।
केही दिन अघि पीएसजीसँग अनुबन्धित लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमारलाई बेन्चमा राखिएको खेलमा हेरेरा, एम्बाप्पे, गुये, डी मारियाले एक एक गोल गरे।
ब्रिष्टका लागि होनोरट र स्टिभ मुनिआइले एक एक गोल गरे।
छ पटकका बलोन डी’ओर विजेता मेस्सी यस महिनाको सुरुआतमा बार्सिलोनाबाट पीएजीमा गएका थिए तर उनले पीएसजीमा डेब्यू गरेका छैनन्।