Fri. Nov 29th, 2024

दल विभाजनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित, नेपाल र महन्थको बाटो खुल्यो

काठमाडाैं– बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ। 

राजपत्रमा नियमावली प्रकाशनमा आएपछि दर्ताका लागि निवेदन दिएका नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दल दर्ताको बाटाे खुलेकाे छ। नियमावली संशाेधन नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

आयाेगकाे बिहीबार बसेकाे बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली संशाेधनकाे निर्णय गरेकाे थियाे। आयाेगकाे निर्णय कानुन मन्त्रालय हुँदै राजपत्रमा प्रकाशित भएकाे हाे। 

यसअघि नै माधवकुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए। संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएकाले उनीहरूले दिएको निवदेन विचाराधीन रहेकाे  थियाे।

राजपत्रमा नियमावली प्रकाशन भएसँगै उनीहरू दुवै पक्षले दल दर्ताका लागि दिएकाे निवेदनमा प्रक्रिया अघि बढ्ने भएकाे छ।  

संशोधित नियमावलीमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतका केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक भन्ने शब्द राखिएको छ। जनप्रतिनिधिमाथि कारवाही नहुनेदेखि अध्यादेशकाे ब्यवस्थासमेत संशाेधन गरिएकाे छ।

उनीहरुकाे निवेदनमा आजैदेखि प्रक्रिया अघि बढाउन सक्नेछ ।

About The Author

अन्य समाचारहरु: