
राधिका सापकोटा
केही दिन पहिला राती करिब ९ बजेतिर प्रहरी कार्यालयबाट फोन आयो । “म्याडम एउटा केस छ त्यहाँ संरक्षणका लागि राखिदिनु पर्यो, घरमा अर्को केटासंग रातीमा कुरा गरीरहेको भेटेको रे श्रीमानले अनी हामीकहाँ ल्याए अहिले घरले नी लादैनौ भन्छ माईतीकाले लादैनौ भन्छ “ मैले घटनाको बारेमा अलिकति कुरा गरेर पठाईदिनुन सर हामी राख्छौं भने । राती १०बजेतिर बहिनीलाई सेफ हाउसमा ल्याइयो । भर्खर २० वर्ष पुगेकी रहिछिन् बहिनी १६वर्षमा विवाह भएको रे अहिले २ वर्षको छोरा समेत रहेछ ।

आदरणीय बुुद्धिजीवि, शिक्षक, जनप्रतिनीधि, सामाजिक हैसियत भएका महानुभावहरुले भनेका केही भनाई म यहाँ जस्ताको त्यस्तै राख्ने अनुमती चाहान्छु ।
एउटै घटनामा संलग्न भएका महिला र पुरुषमा किन महिलाको मात्रै इज्जत जाने ? के पुरुषको इज्जत हुदैन हो ? कि महिलाको यौनीमा इज्जत राखिएको छ ? पुरुषको लिङ्ग स्वतन्त्र छ हो ?
भोलीपल्ट विहान देखी फोनको घण्टी बज्न थाल्यो । फोन जाने बुझेका आदरणीय बुुद्धिजीवि, शिक्षक, जनप्रतिनीधि, सामाजिक हैसियत भएका महानुभावहरुकै थियो । उहाँहरुले भनेका केही भनाई म यहाँ जस्ताको त्यस्तै राख्ने अनुमती चाहान्छु । “राधिका जी तपाईहरुले कस्ता कस्ता महिलाहरु संरक्षण गर्ने हो ? राती अर्कोसंग सुतेको रंगेहात उसको श्रीमानले भेटेको हो , श्रीमान हुँदा हुँदै त्यसरी घरमै केटा बोलाएर सुत्नेलाई नी सहयात्रीले संरक्षण गर्ने की पीडितलाई ?’’ “दिदि नाङ्गै केटासंग भेटेको हो , केटा पुुरै नाङ्गै थियो , पछि प्रहरीमा लाने बेलामा लाज हुन्छ भनेर कट्टु चाँही लगाउन देको हो , यस्तो केसमा नी तपाईहरुले संरक्षण गरेसी लाजामर्र्नु भयो दिदि’’ “यस्तो सामाजिक विचलनलाई‘ बढवा दिनु हुदैन की राधिका जी राम्ररी सोच्नुहोस् , तपाईहरु प्रति हेर्ने दृष्टिकोण राम्रो नहुन सक्छ’’ यस्तै यस्तै धेरै कुरा आए ।
मलाई घटनाको वास्तविकता बुज्नु जरुरी भयो । काउन्सीलर साथीलाई बहिनीसंग कुरा गर्न भने । उहाँले कुरा गरेपछि घटनाको बारेमा के रेछ भने । बहिनीको भनाईमा “ साँझ सुत्न लागेको थिएँ छतको ढोका बन्द गरेको रहेनछ हावाले बजायो, बन्द गर्न भनेर माथि जाँदा पल्लो छतमा त्यो केटा सीतल खान बसेको रहेछ । चिनेको भएर कुरा भयो । उ मेरो छतमा आएर कुरा गर्यो । पानी पर्यो किन बिझ्ने भित्र बसेर कुरा गरौं भनेर भर्याङमा उभिएर कुरा गरीरहेको बेलामा श्रीमानले देखेपछि सासु ससुरा र श्रीमान मिलेर हामी २ जनालाई भित्र कोठामा थुनेर छिमेकीहरु बोलाए , प्रहरी बोलाए र जिम्मा लगाए ।
भोली पल्ट प्रहरीमा भन्न मिल्ने नमिल्ने सबै कुरा भनियो । ठुलो भिड थियो प्रहरीमा । मलाई जबरजस्ती त्यो केटासंग जिम्मा लगाउन खोजियो । मैले जान्न भने । मलाई अब उनको श्रीमान र परिवारसंग पनि के भएको हो त वास्तविकता बुझ्ने मन भयो ।
केही साथीहरुले बहिनीलाई घरमा नै पठाउनु पर्छ दिदि केही भएको हैन रे गफ गरेर बसेको मात्रै हो हामी घरमा ल्याउँछौ बच्चा रोइरहेको छ भनेर भनेको छ परिवारले भनेर सुनाउनु भयो । मैले श्रीमान र ससुरासंग कुरा गरे के के छ त तपाईहरुसंग भनेको , केही छैन गफ गरेको मात्रै भेटेको हो कस्ले प्रहरी बोलायो हामीलाई थाह छैन, केही भएको छैन बच्चा रोइरहेको छ हामी लगेर जान्छौं हाम्रो मान्छे ।
लामो छलफल पछि बहिनी आफ्नो श्रीमानसंग आफ्नै घरमा गईन यो पहिलो घटना हैन केही वर्ष अघि अहिलेको घटन घटेकै स्थान तिर एकजना बहिनीलाई ११ बजेतिर लडेर घाइते चिनेको एकजना दाई कोठामा औषधी लिन आउँदा बाहिरबाट चुुकुल लगाएर घरबाट निकाला गरियो । त्यस्तै एकजना ३ बच्चाकी आमालाई एकजना केटासंग बसेको भेटेको भन्ने आधारमा परिवारले दुर्व्यवहार गर्यो नीजले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरिन तर बाँचिन अहिले सम्म पनि पारिवारिक पुर्नस्थापना गर्न सकिएको छैन ।
यी त प्रतिनीधी घटना मात्रै हुन यस्ता थुप्रै घटनाहरु छन् जुन महिलाको चरित्रसंग जोडेर इज्जतसंग जोडेर घर परिवार र समाजले समेत घर निकाला गर्ने । जहिले पनि यस्ता घटनामा महिलाहरु नै घर निकाला हुन्छन् । मैले कुनै घटनामा पनि संलग्न पुरुष कुनै समस्यामा परेको देखेको छैन । पहिलो घटनामा जनप्रतिनीधिहरुकै दबाबमा गफ मात्रै गरेको हो भनेर केटालाई प्रहरीबाट छुटाएर लगियो तर सोही घटनामा संलग्न भनिएकी बहिनीलाई घरमा पुर्नस्थापना हुनु पर्छ भनेर कोही बोलेन उल्टै यस्तो महिलाको पक्षमा बोल्ने भनेर हामीलाई धम्कि आयो । दोस्रो घटना का पुरुष त्यत्तिवेला सानले घरमा बसे तर महिलाको पारिवारिक पुर्नस्थापना धेरै कठिन भयो ।
त्यही कारण अहिले महिला विदेशीएकी छिन् आफ्नो नानी छोडेर । तेस्रो घटनका पुरुष अहिले विदेशमा सानको जिवन जिईरहेका छन् । एउटै घटनामा संलग्न भएका महिला र पुरुषमा किन महिलाको मात्रै इज्जत जाने ? के पुरुषको इज्जत हुदैन हो ? कि महिलाको यौनीमा इज्जत राखिएको छ ? पुरुषको लिङ्ग स्वतन्त्र छ हो ? हैन भने जहिले पनि किन महिलाहरु यस्तै यस्तै आरोपमा मर्न बाध्य हुन्छन्, घरबाट निकालिन्छन् । कस्ले राखिदियो महिलाको यौनीमा यो इज्जत जुन जोगाउनै महिलाहरुको लागि मुस्कील परिरहेको छ । किन यो समाज यस्ता घटनामा दुबैलाई दोषी देख्दैन ? किन जहिले महिला मात्रै दोषी ठहरिन्छन् ?