Thu. Nov 28th, 2024

मिलन डेन्टल क्लिनिकमा ‘अर्थाेडोन्टीक’ सेवा सुरु

धादिङ –

सदरमुकाम धादिङबेसी स्थित एमाले चोकमा संञ्चालित मिलन डेन्टल क्लिनिकले नयाँ सेवा विस्तार गरेको छ ।

दाँत बाङ्गोटिङ्गो भएर अनुहारको बनावट बिग्रेका व्यक्तीहरुको समस्यालाई लक्षित गरि अर्थाेडोन्टीक सेवा विस्तार गरेको क्लिनिकका संञ्चालक एवं डेण्टल हाईजिनिस्ट मिलन बराईलीले बताए ।

बाङ्गोटिङ्गो दाँतकै कारण अनुहार स्वरुप विग्रएको महसुस गर्नेहरुका लागि दाँतमा तार बाँधेर गरिने दाँतसम्बन्धी उपचार पद्धति नै अर्थाेडोन्टीक उपचार हो । यस उपचार पद्धतीबाट अनुहारको हड्डीको समेत उचित व्यवस्थापन गरी अनुहारकोआकृति परिवर्तन गर्ने यस उपचार बाट मात्रा सम्भब रहेको डेण्टल हाईजिनिस्ट बराईली बताए ।

‘बांङ्गोटिङ्गो दात भएकै कारण अनुहारको वनावट बिग्रिएर हैरानी खेपरहेका व्यक्तीहरुलाई यो उपचार विधि निकै लाभदायि छ, उनले भने, ‘उपचार पछि तपाईको अनुहारको स्वरुप नै परिवर्तन गरि हँसिलो आकृति दिने ग्यारेन्टी लिन्छु ।

About The Author

अन्य समाचारहरु: