Fri. Nov 29th, 2024

बालुवाटार छोडेर बालकोट पुगे निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन् ।

बालुवाटारबाट लावालस्करसहित बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गरिएको छ । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

नेता र कार्यकर्ताले ‘केपी ओली–जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाउदै बालकोट पु¥याएका हुन् । ४१ महिनापछि सत्ताबाट बाहिरिएका उनलाई युवा संघका कार्यकर्ताहरुले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए ।

सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका थिए ।

About The Author

अन्य समाचारहरु: