काठमाडौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।
वि।सं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा९एमाले० संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा पदमा रहे।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले यो अवस्था सिर्जना भएको हो।
नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहे। दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि उनीहरूबीचको सम्बन्धमा सौहार्दता कायम भएन।
२०७८ असार २७ मा कार्यदलले १० बुँद्धे एकताको सहमति गरे। त्यसमा नेपालले भने अपनत्व ग्रहण गरेनन्।
उनले तत्कालै अन्तुष्टिको प्रतिक्रिया दिए। सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा पुनस्र्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गरेनन्, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक बोलाए। ओलीलाई सत्ताच्युत गर्ने एक मात्र उद्देश्य पूरा भएको भन्दै उनले खुसी प्रकट गरे।
देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ।