काठमाडौ –
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ।
प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको छ भने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
अब ग्यासको खुद्रा मूल्य १ हजार चार सय २५ रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर प्रतिलिटर ८४ रुपैयाँ पु¥याएको छ। निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।