Fri. Feb 28th, 2025

पाविल न्युज अनलाइनलाई बाबु छत्कुलीद्धारा ३० हजार सहयोग

buba help
धादिङ – धादिङ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित पाविलन्युज डटकम अनलाइनलाई बाबु छत्कुली (राम)ले ३० हजार सहयोग गरेका छन् ।

धादिङ जिल्ला चैनपुर गाँउ विकास समिति वडान  ४ धारापानी निवासी बाबु छत्कुलीले सहयोग रकम अनलाइनका निर्देशक राजाराम शर्मा हस्तान्तरण गरे । छत्कुली नेपाली फुटबल संघ कतारका महासचिव छन् । आफु र आफ्नो जिल्लाका साथै समग्र फुटबल टिमलाई चिनाउन सफल भएको भन्दै सहयोग प्रदान गरिएको बताए । भूकम्पले संचारकर्मी र संचारमाध्यममा भएको क्षतिलाई मध्यनजर गर्दै आफुले केही राहत पु¥याउन सकेकोमा खुसी समेत व्यक्त गरे ।

गत २०७१ साल मंसिर महिनादेखि सञ्चालनमा रहेको अनलाइनलाई देश तथा विदेशमा रहनुभएका धादिङबासीहरुले अत्याधिक रुपमा रुचाइरहेका छन् । धादिङ मिडिया नेटवर्क प्रालि मार्फत अहिले पाविलन्युज डटकम अनलाइन र पाविल साप्ताहिक पत्रिका प्रकाशन भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: