Fri. Feb 28th, 2025

१ सय ७५ केजी चरेश सहित तीन जना पक्राउ

७ असार, धादिङ – १ सय ७५ केजी चरेश सहित तीन जनालाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले पक्राउ गरेको छ । प्रहरीले पृथ्वीराजमार्गको बैरेनी गाविस वडा न. ८ मछेडीखोलामा गरेको आकस्मिक चेक जाँचको क्रममा सोमबार बिहान पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीको टोलीले चेक जाँच गरिरहेको बेला विपरित दिशामा गाडी पार्किङ गरेको अवस्थामा यु पि ७७ टि ४८१३ न.ं को गाडी सहित चरेश र तीन जनालाई नियन्त्रणमा लिएको हो ।

धादिङको भुमेस्थान स्थित एक्ले क्षेत्रबाट गाडीका फल्स बटम बनाइएको स्थानमा लुकाइ छिपाइ भारतको उत्तरप्रदेशतर्फ लैँजाँदै गरेको अवस्थामा १ केजी को १ सय ५७ प्याकेट, अन्दाजी ५ सय ग्रामको ८० प्याकेट चरेश बरामद गरिएको इलाका प्रहरी कायाृलय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारीले बताउनुभयो ।

प्रहरीले गाडी चालक भारतको कानपुर सितापूर्वका २६ वर्षीय राजेश कुमार, सोही स्थानका २० वर्षीय विवेक कुमार र रक्सौल बस्ने ४३ वर्षीय रघुनाथ दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चरेश ओसार पसारमा प्रयोग गरिएको गाडी, भारतिय रुपैयाँ ८७ हजार ३ सय, नेपाली ८ हजार रुपैयाँ, ३ थान मोबाइल सेट समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

ठूलो मात्रामा व्यवसायिक रुपमा चरेशको कारोबार गर्ने समूह सहितको टोलीलाई प्रहरीले पहिचान गरि कानूनी दायरामा ल्याइएको प्रहरीले दावी गरेको छ ।

About The Author

अन्य समाचारहरु: