Thu. Nov 28th, 2024

धादिङको गजुरीमा रोपाई महोत्सव (फोटोफिचर)

शंकर श्रेष्ठ
धादिङ –
आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ । धादिङको गजुरीमा पन्चेबाजासहित रोपाई महोत्सव गरिएको छ ।

गजुरी गाउँपालिकाको सहयोगमा सुनदेबी कृषि सहकारी सस्थाले रोपाइ महोत्सव आयोजना गरेको हो । रोपाइ महोत्सवमा गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेसहित सरोकारवाला निकायका व्यक्तिहरु सहभागी थिए ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । असार महिनामा किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती लगाईदै आएको छ । बार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।

जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिदै आएको कृषि ज्ञानकेन्द्र धादिङले जानकारी दिएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।

तस्बिरमा हेर्नुहोस् रोपाईको रमाइलो

तस्बिरहरु : शंकर श्रेष्ठ

About The Author

अन्य समाचारहरु: