धादिङ– धुनिवेशी नगरपालिकाले आगामी आ.ब. २०७८/७९को लागि ७७ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटमा राजस्वतर्फ २१ करोड ९० लाख ८३ हजार ५ सय ५८, आन्तरिक स्रोततर्फ ८ करोड ८४ लाख ९४ हजार, एकिकृत सम्पत्ती कर २५ करोड, ब्यबसाय कर ५ करोड ६८ लाख २२ हजार क्रमशः रहने नगरपालिकाले प्रक्षेपण गरेको छ ।
कुल विनियोजन मध्ये कुल बजेटको ४९.५८ प्रतिशत र पुँजिगत तर्फ कुल बजेटको ५०.४२ प्रतिशत खर्चको अनुमान गरिएको छ ।
क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ६ करोड ६२ लाख ५ हजार, सामाजिक विकास क्षेत्र तर्फ २९ करोड १ लाख ७३ हजार ७०० बजेट विनियोजन गरिएको छ ।
यस्तै पुर्वाधार विकास क्षेत्र तर्फ २५ करोड ९८ लाख ७४ हजार , सुशासन तथा अन्र्तसम्बन्धि क्षेत्र तर्फ ६५ लाख २५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९७ लाख ५१ हजार रुपैँया बजेट विनियोजन गरिएको नगरप्रमुख बालकृष्ण आचार्यले बताए ।
आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिएको उपप्रमुख निरु खरेलले जानकारी दिइन् ।