धादिङ– त्रिपुरासुन्दरी गाउँपालिकाले आ.व. २०७८/७९ को लागि बजेट बिनियोजन गरेको छ ।
बिहिबार सम्पन्न नवौं गाउँसभाले ६३ करोड ३२ लाख ६६ हजार ८ सय पचहत्तर रुपैयाँको एकमुष्ट बजेट सार्वजनिक गरेको हो ।
बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिलाई प्राथमिकता दिइएको छ । पुर्वाधार बिकास, साना उद्यम र पसुपालनलाई व्यवसायिकरणलाई जोड दिइएको छ ।
गाउँपालिकाभित्र रहेका प्राकृतिक श्रोत साधनको प्रयोग, कृषि पेशाको ब्यवसायीकरण, पर्यटन प्रबर्द्धनलाई जोड दिदै गरिबी निवारणमा टेवा पुग्ने खालका नीति तथा कार्यक्रमहरु ल्याइएको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले बताए । आर्थिक, सामाजिक, पुर्वाधार विकास, विपद व्यवस्थापनको क्षेत्रमा पालिकालाई समृद्ध बनाउने उद्देश्य सहित बजेट प्रस्तुत गरिएको उनले बताए ।
बजेट प्रस्तुत गर्दै पालिका उपाध्यक्ष देबि कुमारी बुर्लाकोटीले ग्रामीण क्षेत्रको आर्थिक विकास र गरिबी निवारणलाई प्रत्यक्ष योगदान दिने गरि बजेट ल्याइएको बताइन् ।
गाउँ सभामा बागमती प्रदेश सभा सदस्य जगत सिम्खडा सहित दलका नेताहरुहरु सहभागी थिए । कार्यक्रमकै बीच बर्षभरी उत्कृष्ट काम गर्ने २ जना कर्मचारीलाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ ।