धादिङ– निलकण्ठ नगरपालिकाले आ.व. २०७८÷७९ को लागि १ अर्ब २ करोड १२ लाख बजेट बिनियोजन गरेको छ । चालुतर्फ ७३ करोड ९२ लाख र पुँजिगततर्फ २८ करोड २० लाख विनियोजन गरेको हो ।
यो अघिल्लो आ.ब.को भन्दा कम हो । आ.ब. २०७७÷७८ मा १ अर्ब ३ करोड ११ लाखको बजेट ल्याएको थियो ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह शिर्षकमा बजेट विनियोजन गरेको हो ।
बजेटमा जिल्लाभित्रका कोभिड संक्रमित बिरामीको उपचार, स्वास्थ्यसस्थाको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजन गरिएको छ ।
आर्थिक विकासतर्फ कृषि तथा पशुको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । स्वास्थ्य क्षेत्रमा ७ करोड ४१ लाख, शिक्षामा २६ करोड ६१ लाख, पूर्वाधार तर्फ कुल २६ करोड ७० लाख कोरोना रोकथाम तथा उपचार कोषमा १ करोड बजेट विनियोजन गरिएको छ ।