Thu. Nov 28th, 2024

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बिशेष साधारणसभा सम्पन्न


२५ जेठ, धादिङ–


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बिशेष साधारणसभा सम्पन्न भएको छ ।

वि. स. २०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड स्थापनाको हाल सातौ बर्षको अवधिसम्म ४७ जिल्लाको ६५ वटा शाखाहरु मार्फत १ लाख ५ हजार घरपरिवारहरुलाई सेवा पुर्याउदै आएको छ । यस अवधिमा लगानीमा रहेको कर्जा करीब ८ अर्ब, बचत २ अरब भन्दा बढि तथा चुक्ता पुजी ३२ करोड रहेको छ ।

महिला सहयात्रा लघुवित्त बित्तीय संस्थालाई प्राप्तिको लागि मंगलबार संस्थाको संचालक समितीका अध्यक्ष केशव प्रसाद आर्चायको अध्यक्षतामा बिशेष साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाबाट स्वाप रेसियो महिला सहयात्राको १०० किता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ किता अर्थात स्वाप रेशियो ६८ प्रतिशतमा कायम हुने गरि प्राप्तीको लागि प्रस्ताव सभाले पारित गरेको छ ।

महिला सहयात्रा प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्सको पहुंच ७० जिल्लाको १०० वटा शाखा कार्यालय मार्फत १ लाख ४५ हजार घर परिवारमा सेवा पुग्ने छ ।

त्यसै गरि लगानीमा रहेको कर्जा १० अरब, बचत २ अरब ५० करोड, चुक्तापुजी ४२ करोड र कर्मचारीहरु करीब ६०० जना पुग्ने कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: