Wed. Feb 26th, 2025

सुन्तला मरेपछि आम्दानी घट्ने चिन्ता

Suntala ko Bot

गोरखा – व्यवसायिकरूपमा सुन्तलाखेती गरी आफ्नो घरगुजारा चलाउँदै आएका गोरखा फुजेल गाविसका बासिन्दा सुन्तला मर्न थालेपछि आम्दानीको स्रोत घट्ने चिन्तामा छन् । गोरखा जिल्लाको पूर्वी क्षेत्र बुढीगण्डकीको आसपास क्षेत्रमा रहेको फुजेलबासीको मुख्य आम्दानीको स्रोत सुन्तला भएपनि विभिन्न प्रकारका जीवाणु ९भाइरस०का कारण सङ्क्रमण भएपछि बोट पहेँलिदै जाने, पात खस्ने, फल नलाग्ने समस्या आएको हो । लमजुङ, तनहुँ, गोरखालगायतका जिल्ला सुन्तलाका लागि उत्तम मानिन्छ । फुजेलमा विगत दुई वर्षदेखि सुन्तला मर्न थालेपछि कृषक मर्कामा परेका छन् ।

फुजेल गाविस–८ फुलपातीडाँडाका रामचन्द्र श्रेष्ठ १५० सुन्तलाका बोट मरेपछि वैकल्पिक खेतीको खोजीमा लाग्नुभएको छ । उहाँले एकसय वर्ष पुराना सुन्तलाका बोट विगत दुई वर्षयता मर्न थालेपछि आफ्नो आम्दानीको बाटो सुकेको बताउनुभयो । क्गलतबबि पय द्ययतपूर्वी गोरखाको फुजेल गाविस—८ स्थित फुलपातीडाँडामा रहेका सुन्तलाका रुख । विभिन्न किसिमका जीवाणुले गर्दा क्रमशः मर्दै गएको सुन्तलाको बोट ।

 “वार्षिक डेढ सय बोटको सुन्तालाबाट रु दुई लाखसम्म आम्दानी हुन्थ्यो, अहिले बोट मरेपछि रु १० हजार कमाउन मुस्किल परेको छ ।” भर्खर रोपेका बोटदेखि कयौँ वर्ष पुराना बोटहरू मर्न थालेपछि समस्या भएको हो । रु ५० देखि ६० लाखसम्मका सुन्तला बिक्री गर्ने उक्त गाविसमा यस वर्ष रु पाँच लाखको मात्र व्यापार भएको गाउँले बताउँछन् ।

यस्तै सोही गाउँका रामप्रसाद दाहालको व्यथा पनि उस्तै छ । कागती, सुन्तला, निबुवालगायतका अमिला फलफुल विगत दुई बर्षदेखि मर्न थालेपछि समस्या परेको छ । सुन्तला कागती लगायतका फलफुलको ६०० बोट भएको दाहाललाई मरेका फलफुलको रुखहरू पन्छाउन साह्रै समस्या परेको छ ।

“गाउँका अधिकांश पाखोबारी सुन्तलाले भरिएको थियो गाउँको सुन्दरता सुन्तलाका बोटले दिन्थ्यो, अहिले सुन्तला मरेपछि उजाड बस्ती बन्न पुगेको छ” दाहालले भन्नुभयो । उहाँले गाउँका अधिकांश युवा सहर र विदेश गएकाले अब पहिलेको जस्तो सुन्तला रोप्न नसकिने बताउनुभयो । सो गाउँमा पानीको समस्या भएकाले सुन्तला जति मात्रामा उत्पादन हुनुपर्नेहो नभएको स्थानीय बताउँछन् ।

स्थानीय बुद्धिबल बरामका अनुसार पुर्खादेखि गर्दै आएको व्यवसायलाई निरन्तर दिँदै गर्दा एक्कासि बोट मर्न थालेपछि आम्दानीको स्रोत घटेको छ । एक दिन लगाएर बेनीघाटमा ल्याएर सुन्तला बेच्ने किसान अहिले ठेकेदारले गाउँघरमै पुगेर ठेक्का गर्ने गरेका छन् । रासस

About The Author

अन्य समाचारहरु: