Fri. Nov 29th, 2024

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे

२१ जेष्ठ, काठमाडौ – प्रधानमन्त्री केपी शर्माले मन्त्रीपरिषद पुनर्गठन गर्न लागेका छन् ।

अहिले मन्त्रीपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् ।

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुनेछ ।

प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन् ।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ ।

ओलीले  रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् ।

यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए । प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, संचार, सामान्य प्रशासन, कृषि र उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय गरि सात मन्त्रालय आफैले हेर्नेगरी राखेका छन् ।

२०७८ जेष्ठ २१ गते प्रकाशित ।

About The Author

अन्य समाचारहरु: