Thu. Nov 28th, 2024

धादिङबेसीको अस्थाई कोभिड अस्पतालमा अक्सिजन मिनि प्लान्ट जडान

२० जेठ, धादिङ –
धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

बिहिबार नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गरेका छन् । प्लान्टबाट प्रतिमिनेट २०/२० लिटरका दरले अक्सिजन उत्पादन हुने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिए ।

उत्पादित अक्सिजन सिधै बिरामीलाई प्रयोग हुने हुँदा अक्सिजन सिलिन्डरमा भरेर संचित गर्न भने नमिल्ने प्राबिधिकहरुले बताएका छन् ।

२०७८ जेष्ठ २० गते प्रकाशित ।

About The Author

अन्य समाचारहरु: