(दोस्रो पटक प्रकाशित सूचना मिति :– २०७८ जेठ २ गते)
गंगाजमुना गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्वारा ʺकृषि तथा पशु उद्याशिलता विकास परियोजना” संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
पद : कार्यक्रम संयोजक
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– समाज शास्त्र वा सो सरहमा स्नातक तह उतिर्ण गरी ४ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
– योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
– साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएका
– कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
–कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
– स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
– कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
– कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समयअवधि परियोजना क्षेत्रमा बस्नुुपर्नेछ ।
पद : प्रविधिक संयोजक
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– कृषि/भेटनरी विषयमा जे.टि.(JT)उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
– कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
– स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
– प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
– कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
– प्राविधिक संयोजक परियोजना क्षेत्रमा (field based) बस्नुपनेर्छ ।
पद : सामुदायिक सहजकर्ता
संख्या : सात (७) (महिलाका लागि मात्र)
योग्यता :
– १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको । कृषि/भेटनरी विषयमा जे.टि.(JT) लाई विशेष प्राथमिकता दिईने छ ।
– स्वाभलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
– स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
– महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
– कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
– गंगाजमुना गा.पा.को सोही वडामा स्थाई बसोवास भएको हुनुपर्ने
पद : लेखा पाल
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– बाणिज्य शास्त्रमा १२ कक्षा उर्तिण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
–स्थानिय सरकारको लेखा प्रणाली सम्बन्धि अनुभव र ज्ञान सीप भएको
– कम्प्यूटर वर्ड, एक्सेल, पावर प्वाइन्ट संम्वन्धि ज्ञान भएको ।
– कम्तिमा तीन वर्ष कार्यानुभव भएको ।
–दोहोरो लेखा प्रणलीको ज्ञान भएको ।
– लेखा सम्वन्धि कम्प्यूटरमा सप्mटवयर सम्वन्धि ज्ञान भएको लाई प्राथामिकता दिइने छ ।
– नियमित तथा आवस्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासंग समन्वय र सम्पर्क राख्न सक्ने
निवेदन पेश गर्ने मिति र स्थान र आवश्यक कागजात,
निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी ,र वायोडाटा (सि. भि.) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
मिति :– सूचना प्रकाशित भएको मितिले ५ दिन वा २०७८ जेठ ६ गते ५ बजे सम्म मात्र
स्थान :– सहयात्री समाज नेपालको कार्यालय, सुन्दर नगर धादिङ, वा सहयात्री समाज नेपालको फिल्ड अफिस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटार(गाउँपालिका नजिकै) ।
सम्पर्क नं. :– ०१०५२१३४४, सल्याटार अफिसको लागि ९८५११०१७१४
दरखास्त संस्थाका कार्यालयमा बुझाउन वा संस्थाको इमेल ठेगाना [email protected],[email protected] मा पठाउन सक्नु हुनेछ
परिक्षाको किसिम : – लिखित र मौखिक दुबै ।
नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
२०७८ जेठ २ गते प्रकाशित