Sat. Nov 16th, 2024

सहयात्री समाजलाई कर्मचारी आवश्यकता

(सूचना प्रकाशित मिति :– २०७८ बैशाख २३ गते)
गंगाजमुना गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्वारा ʺकृषि तथा पशु उद्याशिलता विकास परियोजना” संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १० दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

पद : कार्यक्रम संयोजक
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– समाज शास्त्र वा सो सरहमा स्नातक तह उतिर्ण गरी ४ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
– योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
– साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएका
– कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
–कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
– स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
– कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
– कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समयअवधि परियोजना क्षेत्रमा बस्नुुपर्नेछ ।

पद : प्रविधिक संयोजक
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– कृषि/भेटनरी विषयमा जे.टि.(JT)उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
– कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
– स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
– प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
– कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
– प्राविधिक संयोजक परियोजना क्षेत्रमा (field based) बस्नुपनेर्छ ।

पद : सामुदायिक सहजकर्ता
संख्या : सात (७) (महिलाका लागि मात्र)
योग्यता :
– १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको । कृषि/भेटनरी विषयमा जे.टि.(JT) लाई विशेष प्राथमिकता दिईने छ ।
– स्वाभलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
– स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
– महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
– कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
– गंगाजमुना गा.पा.को सोही वडामा स्थाई बसोवास भएको हुनुपर्ने

पद : लेखा पाल
संख्या : एक(१) (महिला र पुरुष दुबैका लागि)
योग्यता :
– बाणिज्य शास्त्रमा १२ कक्षा उर्तिण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
–स्थानिय सरकारको लेखा प्रणाली सम्बन्धि अनुभव र ज्ञान सीप भएको
– कम्प्यूटर वर्ड, एक्सेल, पावर प्वाइन्ट संम्वन्धि ज्ञान भएको ।
– कम्तिमा तीन वर्ष कार्यानुभव भएको ।
–दोहोरो लेखा प्रणलीको ज्ञान भएको ।
– लेखा सम्वन्धि कम्प्यूटरमा सप्mटवयर सम्वन्धि ज्ञान भएको लाई प्राथामिकता दिइने छ ।
– नियमित तथा आवस्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासंग समन्वय र सम्पर्क राख्न सक्ने

निवेदन पेश गर्ने मिति र स्थान र आवश्यक कागजात,
निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी ,र वायोडाटा (सि. भि.) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
मिति :– सूचना प्रकाशित भएको मितिले १० दिन वा २०७८ जेठ १ गते ५ बजे सम्म मात्र
स्थान :– सहयात्री समाज नेपालको कार्यालय, सुन्दर नगर धादिङ, वा सहयात्री समाज नेपालको फिल्ड अफिस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटार(गाउँपालिका नजिकै) ।
सम्पर्क नं. :– ०१०५२१३४४, सल्याटार अफिसको लागि ९८५११०१७१४
दरखास्त संस्थाका कार्यालयमा बुझाउन वा संस्थाको इमेल ठेगाना [email protected],[email protected] मा पठाउन सक्नु हुनेछ
परिक्षाको किसिम : – लिखित र मौखिक दुबै ।
नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

About The Author

अन्य समाचारहरु: