२१ बैशाख, धादिङ–
कोरोना संक्रमणबाट धादिङको गजुरी गाउँपालिकाकी महिलाको मृत्यु भएको छ । महिलाको सोमबार मृत्यु भएको हो । ती महिला पछिल्लो दुई महिना विरगंज बसेर सोमबार घर फर्किएका थिए । घर फर्कदै गर्दा बिरामी भई भरतपुर अस्पतालमा कोरोना परिक्षण गराउदाँ संक्रमिण देखिएको थियो ।
संक्रमण पश्चात मृत्यु भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए । यो संँगै जिल्लाको मृत्यु संख्या १८ पुगेको छ ।
धादिङमा मंगलबार थप एक सय २४ जना कोरोना संक्रमित थपिएका छन् । नीलकण्ठ नगरपालिकामा ६५ जना, धादिङ अस्पतालमा ४७ जना, धुनीबेसीमा दुई जना, बेनिघाट रोराङमा एक जना गरी जिल्लाभित्रका संक्रमित संख्या एक सय १५ जना र जिल्ला बाहिर संक्रमितको संख्या ९ रहेका छन् ।
जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश तीन सय ३१ छन् भने जिल्ला बाहिर एक सय १९ गरेर धादिङ्गको सक्रिय केश चार सय ५० रहेको छ । जिल्ला भित्र होम आइसोलेसनमा तीन सय १० र हस्पिटल आइसोलेसनमा २१ रहेका छन । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा एक सय १४ र हस्पिटल आइसोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।
२०७८ बैशाख २१ गते प्रकाशित