Fri. Nov 29th, 2024

प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते

२६ चैत , काठमाडौ –

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले संसदले काम नगरे दोष सभामुखको बढी हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पण्डितले संसदले काम गर्न नसके सरकारको भन्दा सभामुखको दोष बढी हुने आरोप लगाएका हुन्।

बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलगअलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा त्यो हुन नसेको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

काठमाडौंमा मेलम्चीको पानी आउँदा उपत्यकामा खुसीको लहर आउँदा उपत्यकाका मान्यज्यूको प्रेसर बढेको भन्दै महेश बस्नेतले प्रश्न गरेका छन्।बैठकमा बोल्दै प्रेसर बढे गंगालाल अस्पतालमा उपचारका लागि जान सुझावसमेत दिए।

उपत्यकामा खुसीको लहर आउँदा मान्यज्यूको प्रेसर बढेको भन्दै उनले उपचारका लागि सरकारले गंगालाल अस्पतालको स्तरोनत्ती गरेको बताए।

‘मेलम्चीले काठमाडौं उपत्यकामा खुसीको लहर ल्याइरहेको छ। किन उपत्यकाका कतिपय मान्यज्यूले प्रेसर बढेको छ रु’, प्रश्न गर्दै बस्नेतले भने, ‘प्रेसर धेरै नबढाउनुहोस्। गंगालाल अस्पताललाई सरकारले स्तरोन्नती गरेको छ। प्रेसर बढेको भए उपचारमा पनि समस्या छैन।’

प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा पुनस्र्थापनापछि ६ पटक बैठक बसेको तर, प्रधानमन्त्री आउँदा बैठक ढिला गरी बसेको र अध्यादेश पेश गर्न नदिएको भन्दै उनले आपत्ति जनाए। बस्नेतले प्रधानमन्त्री केपी ओलीले विकास र निर्माणका धेरै योजना बनाउँदा ‘आई हेट पोलिटिक्स’ भन्ने युवा ‘आई लभ यू केपी बा’ भन्दै सडकमा आएको अवस्थामा पनि विपक्षीले सरकारको काम नदेखेको आरोप लगाए।

बिहीबारको बैठकमा सांसद शान्ता चौधरी, लालबहादुर थापा, सत्यनारायण शर्मा खनाल, प्रेम सुवाल लगायतले बोलेका छन्। केही शोक प्रस्ताव पारित गर्दै बिहीबारको बैठक सकिएको हो। अर्को बैठक २०७७ चैत ३० गते सोमबार दिउँसो १ बजे बस्नेछ।

२०७७ चैत २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: