Tue. Mar 11th, 2025

महिला मैत्रीपुर्ण फुटबल प्रतियोगिता : ज्योति महिला सहकारी प्रथम

२४ फागुन धादिङ –

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।

समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ । आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकारले खास पहल गर्न सकेको छैन । दिवसको अवसरमा सदरमुकाम धादिङमा आज महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ज्योति महिला विकास सहकारी संस्थाका समूहले खेलको उपाधि जितेका छन् । प्रतियोगितामा ज्योति महिला विकास सहकारी संस्थाले समूहले नागरिक समाजका समूह विरुद्ध १ गोल गर्दै खेलको उपाधि जितेका हुन् ।

यस्तै नागरिक समाजका समूह १ गोलले पछि पर्दै प्रतियोगितामा द्धितीय भएका छन् । यस्तै निलकण्ठ नगरपालिका र मण्डली सहकारी संस्थाका समूह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने समूहलाई आजै पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाइृ नगद ७ हजारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ । यस्तै द्धितीय हुने समूहलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

२०७७ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: