Tue. Mar 11th, 2025

समन्वय कप फुटबल : गजुरी र नेत्रावतीको विजयी सुरुवात


२१ फागुन, धादिङ–


धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा संचालन भएको समन्वय कप फुटबल प्रतियोगीतामा गजुरी गाउँपालिका र नेत्रावती गाउँपालिकाले विजयी सुरुवात गरेको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगीतामा जिल्लाभरका १२ वटा स्थानीय तहका खेलाडी समूहहरु सहभागी छन् ।

शुक्रबार भएको उद्घाटन खेलमा गजुरी गाउँपालिकाले खनियाबास गाउँपालिकालाई ३–१ गोल अन्तरे पराजित गर्दै विजयी शुरुवात गरको हो । गजुरीको जितमा जर्सी नम्बर ९ का गणेश गुरुङले २ गोल गर्दा जर्सी नम्बर ११ का निरज डल्लाकोटीले १ गोल थपेका थिए । खनियाबासले एक गोल फर्काएका थिए ।

यस्तै दोस्रो खेलमा नेत्रावती डबजोङ गाउँपालिकाले थाँक्रे गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । नेत्रावतीको जितमा जर्सी नम्बर १५ का सुमित तामाङले २ गोल गर्दा जर्सी नम्बर ९ को सन्जय तामाङले १ गोल गरेका थिए । थाँक्रेले एक गोल फफर्काएका थिए ।

धादिङ जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभुमी युवा समाज खाल्टे पात्लेको व्यवस्थापनमा संचालन भएको खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले गरेका थिए । प्रतियोगीता फागुन २५ गतेसम्म संचालन हुनेछ ।


२०७७ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: